संसारलाई बिर्सेर
भोलिको चिन्ता छोडेर
तिमीसंग समय बिताउन चाहन्छु म
तिम्रो छातीमा मूख लुकाइ
भएभरको दूरी मेटाइ
भक्कानो छोडी रुन चाहन्छु म
अरुले के भन्लान्
त्यो सोच्दै नसोची
तिमी संगै बस्न चाहन्छु म
लाग्छ कि अन्धकार त मेरो दुश्मन हो
छटपटिन्छु तिम्रो यादमा
तिमीलाई मेरो सामु राख्न चाहन्छु म
भाग्यमा तिम्रो साथ लेखेको छैन कि
मलाई बेवास्ता गर्छौ तिमी
तिम्रो माया र साथ खोज्छु म
चिसोपन त महसुस नै गरेनौ
मेरो सामु राखी तिमीलाई
आफ्नो भावना व्यक्त गर्न चाहन्छु म
तिमीले मलाई कहिले बुझ्छौ
मेरो व्याकुलता कहिले पो सुन्छौ
मनमा रहेका अनगिन्ती प्रश्नको उत्तर चाहन्छु म
चाहन्छु म
so much with feelings keep on writing.......
ReplyDeletenepali ramro lagecha sabai bhanda hehe thank u :)
DeleteOi k ho esto??? Shocked to be more precise..;)
ReplyDeleteshock hunu parne kei reason? ;)
DeleteNice one ur inner feeling
ReplyDeleteThanks :)
DeleteNice one
ReplyDelete