Wednesday, July 16, 2014

मनै त हो!

संसार को बोझ लिएर
मुटु मा ढुङ्गा बोकेर
हाँस्दै हिड्थ्यो यो
साथ खोजेको थिएन यसले
एकान्त रुचाउंथ्यो यसले
लागेको चोटलाई साथमा लग्थ्यो यसले

आफ्ना बेदना नपोखेको भए पनि
दु:ख सुनाउन कोही नभएको भए पनि
खुलेर नरोएको भए पनि
भिडमा एक्लो महसुस गरेको भए पनि
मनै त हो, दुख्थ्यो सारो
केही बुझ्दैन थियो यसले

औंसीमा जुन बनेर आयौ तिमी
दुखेको मुटुलाई सम्हाल्यौ तिमीले
साथ खोजेको थिएन यसले
तर मुस्कुराउन सिकायौ तिमीले

मेरो दु:खका कुरा सुनी
तिमीलाई पनि नराम्रो लाग्थ्यो होला
मलाई शान्त बनाइ
तिमी एकपल पनि सुत्न सक्दैन थियौ होला
मलाई नजताएको भए पनि
मैले जतीनै तिमीले पनि मलाई माया गर्‍थ्यौ होला

भाग्यमा के लेखेको छ कुन्नी
तिम्रो र मेरो साथ कहिले सम्म हो कुन्नी
बिछोडको कुरा सोचेर हाम्रो
दुख्यो फेरी यो मुटु मेरो
के गर्ने?
मनै त हो, दुख्यो सारो
केही बुझेन यसले!!!