Saturday, October 22, 2016

अन्त्यमा...

शायद जान चाहेको ठाउँको
ठेगाना बताएनन् कसैले
स्वतन्त्रता थियौ खोजेको
तर बुझेनन् कसैले

कागज सरी जलायौ
खरानी सरी मेटायौ
गयौ तिमी टाढा
छोडेर संसार सारा

जीवनलाई त त्याग्यौ
छोड्यौ तिमीले साथ
अस्तित्व नै मेटायौ
तर बाँकी भए तिम्रा याद

पुराना दिन जब सम्झिन्छु
तिम्रा चाहना, तिम्रा इच्क्षा तिम्रा आकांक्षा
आउछन् आँखा अगाडि मेरा
शायद हिम्मत नहारेको भए गर्नेथ्यौ सबै पुरा

तिमी जहाँ छौ, जे गर्दै छौ
शायद खुशी छौ
जुन शान्ती को खोजीमा हिंडेथ्यौ
शायद तिमीले भेट्यौ

तिमीले रोजेको दुनियाँमा
शायद रमाउदै छौ तिमी
खुशी र शान्तीले कहिले साथ नछोडोस्
यही छ मेरो शुभकामना...