Saturday, October 22, 2016

अन्त्यमा...

शायद जान चाहेको ठाउँको
ठेगाना बताएनन् कसैले
स्वतन्त्रता थियौ खोजेको
तर बुझेनन् कसैले

कागज सरी जलायौ
खरानी सरी मेटायौ
गयौ तिमी टाढा
छोडेर संसार सारा

जीवनलाई त त्याग्यौ
छोड्यौ तिमीले साथ
अस्तित्व नै मेटायौ
तर बाँकी भए तिम्रा याद

पुराना दिन जब सम्झिन्छु
तिम्रा चाहना, तिम्रा इच्क्षा तिम्रा आकांक्षा
आउछन् आँखा अगाडि मेरा
शायद हिम्मत नहारेको भए गर्नेथ्यौ सबै पुरा

तिमी जहाँ छौ, जे गर्दै छौ
शायद खुशी छौ
जुन शान्ती को खोजीमा हिंडेथ्यौ
शायद तिमीले भेट्यौ

तिमीले रोजेको दुनियाँमा
शायद रमाउदै छौ तिमी
खुशी र शान्तीले कहिले साथ नछोडोस्
यही छ मेरो शुभकामना...


   

Wednesday, August 24, 2016

जीवन एक रङ्मन्च

जीवन को यो रङ्मन्च मा
नाटक ठानेर सबै कुरालाई
मनमा कैयौ पिडा बोकेको भएपनी
मुस्कुराउदै हिड्छु खुशीका क्षन नभएपनी

दिन बित्दै गए
अरु दिन थपिंदै गए
थुप्रिदै गए अरु नाटक
जे होस्, फेरी फर्किनु नपरोस तेही ठाउँ, गर्न तेही नाटक

जीवनले हैन, संसारले हैन
यहाँको चलनले सताए झैं लाग्छ
फूलको सुबाश लिने क्रममा
अनेकौं काडाबाट घोचिए झैं लाग्छ

संसारलाई के बिरानो भन्ने
अंधेरीमा आफ्नै छायाले साथ छोडेपछी
अर्को दिनको सुरुवात संगै बिहानी आउंछ
छांया  संगै आफु पनि तयार हुन्छु
जीवनको रङ्मन्चमा नाटक गर्न ........

Friday, August 12, 2016

लैजाउ न...

टाढा लैजाउ मलाई
कतै टाढा लैजाउ
यो कोलाहल बाट टाढा
यो हल्ला बाट टाढा
जहाँ कोही छैन
जहाँ यादले पच्छ्याउंदैन
हुन्छु त केबल म
र शान्ती मेरो मनमा।।। 

Saturday, January 16, 2016

सकिन मैले

तिमीले गाएको मिलनको गीत
कहिले मुटुमा गाढियो  थाहै भएन
धड्कन सँगै गुन्जिए हरपल
तिम्रो उपस्थिती नभएको पत्तो नै भएन
मिलनको चाहना नगरेको भएपनी
कहिले माया बसेछ चालै भएन

मुटुमा बस्यौ तिमी

तर तिमीलाई शायद रोक्न सकिन
मुटुमा लेखे तिम्रो नाम
तर तेस्लाई शायद छाप्न सकिन

चाँदको शितलतामा हराउंदै

महसुस गर्छु तिम्रो माया
शुन्य रातको स्तभ्दतामा डुब्दै
तिमीलाई खोज्ने प्रयास गर्छु म

तर झन दुर्लभ हुँदैछौ तिमी

झन झन टाढा हुँदैछौ तिमी ..............................