तिमीले गाएको मिलनको गीत
कहिले मुटुमा गाढियो थाहै भएन
धड्कन सँगै गुन्जिए हरपल
तिम्रो उपस्थिती नभएको पत्तो नै भएन
मिलनको चाहना नगरेको भएपनी
कहिले माया बसेछ चालै भएन
मुटुमा बस्यौ तिमी
तर तिमीलाई शायद रोक्न सकिन
मुटुमा लेखे तिम्रो नाम
तर तेस्लाई शायद छाप्न सकिन
चाँदको शितलतामा हराउंदै
महसुस गर्छु तिम्रो माया
शुन्य रातको स्तभ्दतामा डुब्दै
तिमीलाई खोज्ने प्रयास गर्छु म
तर झन दुर्लभ हुँदैछौ तिमी
झन झन टाढा हुँदैछौ तिमी ..............................