कल्पना नै नगरेको जस्तो
तर भिडमा पनि एक्लो
कैयौं पाइला सँगै छन्
तर गन्तव्य सबैको भिन्नै हो
कोहीसँग गुनासो छैन
दोष आखिर कसैको हैन
आफ्नो गन्तव्य खोज्ने क्रममा
हराए पनि त्यो अन्त्य त हैन
शुन्यताले भने सताउंछ
आफ्नै छायाले तर्साउंछ
आँफैले अफुलाई भुलेझैं लाग्छ
बेसाहारा नै भएझैं लाग्छ
तर सम्झाउन खोज्छु आँफैलाई
बिलाई जाला यी दु:खका पल भनी
हौशला दिन्छु आँफैलाई
बाच्नु छ अझै धेरै भनी...
No comments:
Post a Comment