Thursday, January 11, 2018

माया जालैमा

यती धेरै माया, यती धेरै बाचा
अनौठो डरले सताउंथ्यो मलाई
कही कुनै पल तेसै बिलाई जाला भनी
खै के भो के भो तर
शायद सम्हाल्न सकिन आफुलाई
परि हाले माया जालैमा
तिम्रो माया जालैमा

सपनाहरु मेरा
सजाए मैले हाम्रो लागि
सदैब तिमी मेरो, र म तिम्रो
अनी हाम्रो एउटा सानो शहर

तिम्रा कमीहरुलाई अप्नाए
के आवश्यकता थियो थाहा छैन
तर तिम्रा हरेक झुठ मैले पत्याए
आफ्नो डरलाई भित्र भित्रै गुट्मुट्याए

आखिर परि सकेथे माया जालैमा
तिम्रो माया जालैमा

हो! चोट दियौ, दुखायौ मेरो मुटु
संसार जित्ने आस देखाइ  भुइं मै झारी दियौ
हो! अत्यन्तै पिडा भएको छ मलाई
तै पनि घस्रिदै अगाडि बढ्न खोज्दैछु

थाहा छैन कहाँ बिसाउने यो बोझ
कागजका पाना झै थुप्रिदै छन्
मुस्कुराउने प्रयास अझै गर्दैछु
चाहे वास्तविकता लाई पन्च्छ्याएर होस्

आखिर परि सके म माया जालैमा
तिम्रो माया जालैमा ...