Tuesday, February 26, 2019

मेरो भन्नु केही छैन!

आदर म त्यसको गर्छु
जस्ले मेरो पनि इज्जत गर्छ
बिना करण नाटक गर्ने
मेरो कुनै इच्छ्या हैन

दिन रातको किच् किच् सुन्दा
लाग्छ नर्क मा पो छु कि
एक अर्कालाई होच्याउने होड बाजीमा
आखिर मानवता नै बिर्सेंको पो हो कि

आफ्नो स्वर ठुलो राख्ने क्रममा
अरुको चित्त दुखेको देखिदैन
आफ्नो सिर ठाडो राख्ने क्रममा
अरुलाई बदनाम गरेको पत्तो हुँदैन

ल भैगो हारें म यो झगडामा
सिकारु नै पो छु अझै
हुननी परेछैन मलाई पहिलो यसमा
अब मौन नै रहन्छु सधैं

शायद मेरो प्रयास कुम पर्‍यो
शायद मेरो मेहेनत व्यर्थै गयो
चित्त त मेरो पनि छ नि
तर सहनै पर्ने बाध्यता पनि छ

जे म हृदय देखी मान्छु
त्यही नै म गर्छु
कसैले मलाई काम नलाग्ने भन्दैमा
मेरो मुल्य नघट्ने म मान्छु