जीवन को यो रङ्मन्च मा
नाटक ठानेर सबै कुरालाई
मनमा कैयौ पिडा बोकेको भएपनी
मुस्कुराउदै हिड्छु खुशीका क्षन नभएपनी
दिन बित्दै गए
अरु दिन थपिंदै गए
थुप्रिदै गए अरु नाटक
जे होस्, फेरी फर्किनु नपरोस तेही ठाउँ, गर्न तेही नाटक
जीवनले हैन, संसारले हैन
यहाँको चलनले सताए झैं लाग्छ
फूलको सुबाश लिने क्रममा
अनेकौं काडाबाट घोचिए झैं लाग्छ
संसारलाई के बिरानो भन्ने
अंधेरीमा आफ्नै छायाले साथ छोडेपछी
अर्को दिनको सुरुवात संगै बिहानी आउंछ
छांया संगै आफु पनि तयार हुन्छु
जीवनको रङ्मन्चमा नाटक गर्न ........
राम्राे रचना रहेछ। Keep it up.
ReplyDelete